मिलापले गर्यो दर्जन बढि स्रष्टाको सम्मान
SamacharDesk – विजयरत्न | २०७९ बैशाख १३, मंगलबार

नेपालको छापा पत्रकारिता जगतमा विगत बा¥ह वर्षदेखि प्रकाशन हुँदै आएको मिलाप राष्ट्रिय मासिकले दर्जन बढि स्रष्टाहरुलाई सम्मान प्रदान गरेको छ ।
नयाँ वर्ष २०७९ को अवसरमा आयोजित समारोहमा टीका–गोपाल गीतसंगीत विशेष सम्मान–२०७९ बाट संगीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरिएको थियो ।
निर्देशक मोहन निरौला, लय संग्रौला, विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डी.आर. उपाध्याय, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार तथा निर्देशक गणेश सुवेदी, गीतकार वसन्त वित्यासी थापा, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, संगीतकार दीपक शर्मा, राजेन्द्र बजगाईं, साहित्यकार राधा भण्डारीलाई मिलाप राष्ट्रिय व्यक्तित्व सम्मानबाट सम्मानित गरिएको थियो ।
सोही समारोहमा हास्य कलाकार तथा लोकदोहोरी गायक गोकुल कँडेल, खेलाडी तथा प्रशिक्षक रामदास गोपाली, लोक गायक तथा मोडल देबबहादुर परियार (हीरा), कलाकार विनोद श्रेष्ठ, सञ्चारकर्मी व्यवसायी शिरीषा पौडेल, संगीतकर्मी आशिष अविरल, निर्माता यमप्रसाद श्रेष्ठ, चरित्र अभिनेता राजेश विशुराल, समाजसेवी सुमी राई लिम्बू, गीतकार यमलाल कँडेल, संगीतकार कृष्ण भारद्वाज, गायिका रानी शाक्यलाई पनि सम्मान गरिएको थियो ।
त्यस्तै गीतकार कृट क्षेत्री, गायक सरगम राई, गीतकार भुवन शर्मा कँडेल, गीतकार समीर खान, गायक भुवन प्यासी, संगीतकार विशाल ढकाल, गायक अलिप खान, संगीतकार रमेश पाठक, गायिका मञ्जु कुमारी लावती, दृश्य सम्पादक दिनशन शाह, म्युजिक भिडियो निर्देशक केशवराज भट्ट, गीतकार राजेन्द्र शर्मा, ध्वनि सम्पादक मनोज परियार र नृत्य निर्देशक गोविन्द प्रभातलाई पनि सम्मान गरिएको थियो ।
पूर्वमन्त्री भीमसेनदास प्रधानले सम्मानित व्यक्तित्त्वहरुलाई सम्मान प्रदान गर्नुभयो ।
कार्यक्रममा पहिलो महिला छायांकार सबनम मुखिया, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणि देवकोटा, गायक सीताराम पोखरेल, सञ्चारिका समूह नेपालकी अध्यक्ष विमला तुम्खेवालगायतको उपस्थिती थियो ।
समारोहमा वरिष्ठ पत्रकार विजयरत्न तुलाधर, सम्मानित स्रष्टा सन्तोष श्रेष्ठ, विशिष्ट कलाकर्मी मोहन निरौला, गीतकार संघका अध्यक्ष चुण्डामणि देवकोटालगायतले आ–आफ्ना भनाइ राखेका थिए ।
Categorized in पेजथ्री