चीनमा भारी वर्षाका कारण लाखौं प्रभावित
SamacharDesk | २०८० आषाढ २०, बुधबार

चीनमा लगातारको भारी वर्षाका कारण घरहरु भत्कनुका साथै नदी किनारका घरहरु बाढीले बगाएको छ ।
छोङछिङ शहरका दर्जनौं घरहरु वर्षाले भत्किनुका साथै वर्षाको पानी घरघरमा पस्दा थुप्रै मानिसहरु घरभित्रै थुनिएका हुन् ।
सिछुआन प्रान्तमा मात्रै ४ लाख ६० हजार बढी सर्वसाधारणहरु बाढीबाट प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
वर्षा प्रभावित लाखौं मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भारी वर्षाको कारण सवारी साधनहरु बीचमै अड्किंदा यातायात सेवामा पनि असर परेको छ ।
चीन सरकारले सिछुआन प्रान्तका २६ वटा क्षेत्रलाई बाढीको उच्च जोखिम क्षेत्र भन्दै चेतावनी जारी गरी सर्वसाधारणलाई सावधानी अपनाउन अपील गरेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय