arin enterprises

प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि शपथ लिंदै

SamacharDesk | २०८१ जेठ २५, शुक्रबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि आगामी आइतबार शपथ ग्रहण गर्दै हुनुहुन्छ ।

हालै सम्पन्न लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत गुमाए पनि भाजपा नेतृत्वको गठबन्धनले भने सरकार गठनका लागि आवश्यक पर्ने सहज बहुमत हासिल गरेको छ ।

लोकसभाका कुल ५ सय ४३ सिट मध्ये भाजपाले २४० सिट जितेको छ भने गठबन्धनले २९३ सिट जितेको छ । यस्तै भारतीय राष्ट्रिय कांग्रेसले ९९ सिटमा जित हात पारेको छ भने कांग्रेस आई नेतृत्वको गठबन्धनले २३१ सिट जितेको छ ।

निर्वाचनको अन्तिम परिणाम आएलगत्तै प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रोपदी मुर्मु समक्ष राजीनामा बुझाउनु भएको थियो ।

यसैबीच मोदीले शपथग्रहण समारोहमा सरिक हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रण गर्नुभएकाले छ । सन् २०१४ मा मोदी पहिलो पटक प्रधानमन्त्री बनेपछिको शपथ ग्रहण कार्यक्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी हुनुभएको थियो ।

मोदीको तेस्रो कार्यकालको शपथ ग्रहणमा श्रीलंकाली राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका राजा जिग्मे केशर वाङचुक, र मौरिससका प्रधानमन्त्री परविन्द जगन्नाथलाई समेत निम्ता गरिएको छ ।

यस्तै विश्वका अन्य देशका सरकार तथा राष्ट्रप्रमुखहरुलाई पनि निम्ता गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय
SKIP THIS buddhan jayanti 2082