arin enterprises

मोड्रिच २०२४ सम्म रियलमै रहने

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ १२, मंगलबार

स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।

रियलले सोमबार क्रोएसियन खेलाडि मोड्रिचसँग संम्झौता नवीकरण गरेको जनाएको हो । प्लेमेकर ३७ वर्षीय मोड्रिचले थप एक वर्ष अर्थात २०२४ सम्म क्लबमा रहने गरि सम्झौता नवीकरण गरेका छन् ।

उनी साउदी जाने चर्चाका चल्दै गर्दा रियलसँग सम्झौता नवीकरण गरेका हुन् ।

सन् २०१२ मा टोटेनहमबाट रियल आएका मोड्रिचले रियलका लागि ४ सय ८८ खेल खेलेका छन् ।

बालोन डी’ओर अवार्ड जितेका मोड्रिचले रियलका लागि ३ ला लिगा, ५ च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

Categorized in स्पाेर्ट्स