सोमबार चन्द्रग्रहण लाग्ने, नेपालमा कुनै असर नपर्ने
SamacharDesk | २०८० चैत्र १०, शनिबार

सन् २०२४ को पहिलो चन्द्रग्रहण सोमबार लाग्दैछ ।
फागुन शुक्लपक्षको पूर्णिमा आउँदो १२ गते विहान १०ः३८ बाट सुरु भएर दिउँसो ३ः१७ सम्म चन्द्र ग्रहण लाग्ने लाग्दैछ ।
बिपी कोइराला मेमोरियल प्लानेटरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयकाका अनुसार ग्रहण नेपालबाट भने देख्न नसकिने जनाएको छ ।
यो ग्रहण उत्तर र पूर्वी एसिया, युरोप, अमेरिका, क्यानडालगायतका देशबाट मात्र देख्न सकिने जनाइएको छ ।
यता नेपालबाट यो चन्द्रगहण नदेखिने भएका कारण सुतक अवधि पनि नलाग्ने र ग्रहणले नेपालमा रहने कुनै पनि राशिका मानिसलाई प्रभाव नेपार्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
Categorized in राष्ट्रिय