arin enterprises

भारतमा ६७ करोड बढिले पाए कोरोनाविरुद्धको खोप

SamacharDesk – बिराज | २०७८ भाद्र १८, शुक्रबार

भारतमा गत २४ घण्टामा भेटिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ७० दशमलव ७७ प्रतिशत केरलबाट रहेका छन् ।

कोभिड १९ का जम्मा ४५ हजार ३५२ जना नयाँ संक्रमित भेटिएकोमा तीमध्ये ३२ हजार ९७ जना केरलबाट रहेका छन् ।

बीबीसीका अनुसार यसै समयबीच थप ३६६ जनाको कोभिड संक्रमणकै कारण मृत्यु भएको छ । मृतकमध्ये पनि केरलमा १८८ जना रहेका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले गएको २४ घण्टामा ३४ हजार ७९१ जना संक्रमित निको भएका छन् ।

भारतमा हाल निको हुनेको दर बढ्दो अवस्थामा छ । भारतमा कोरोना संक्रमण निको हुनेको दर ९७ दशमलव ४५ प्रतिशत छ ।

भारतमा हालसम्ममा ६७ करोड बढिलाई कोरोनाविरुद्धको खोप दिइसकेको छ ।

Categorized in अन्तर्राष्ट्रिय