भारतको मुम्बईमा वर्षाका कारण जनजीवन अस्तव्यस्त
SamacharDesk | २०८१ आषाढ २६, मंगलबार

भारतको मुम्बइमा गतसातादेखि परेको लगातार वर्षाले त्यहाँको शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।
भारी वर्षाका कारण विश्वविद्यालयका परीक्षाहरू पनि स्थगित गरिएको छ । भारी वर्षाका कारण मुम्बईको रेल सेवा तथा हवाई उडानहरु पनि बन्द गरिएको छ ।
लगातारको वर्षाले मुम्बईका विभिन्न शहरहरु जलमग्न भएका छन् । मुम्बईका विभिन्न स्थानमा तीन सय मिलिमिटरभन्दा बढी वर्षा भएको मापन गरिएको छ ।
बर्षाका कारण झुपडीमा बसोबास गर्नेहरु बढी प्रभावित बनेका छन् । उनीहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
जनताको सुरक्षा सुनिश्चित गर्न, राष्ट्रिय विपद् प्रतिक्रिया बलका टोलीहरू ठाणे, वसई, महाड, चिप्लुन, कोल्हापुर, सांगली, सतारा घाटकोपर, कुर्ला र सिन्धुदुर्गलगायत मुम्बई र वरपरका क्षेत्रमा तैनाथ गरिएको छ ।
यसैगरी तल्लो क्षेत्रमा फसेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय