बायर्न म्युनिख र एसी मिलान क्वाटरफाइनलमा
SamacharDesk | २०७९ फाल्गुण २५, बिहिबार

जर्मन क्लब बायर्न म्युनिख र इटालीको एसी मिलान युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेका छन् ।
आफ्नै मैदानमा गएराति भएको दोस्रो लेगको खेलमा बायर्न म्युनिखले फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीलाई २–० ले हरायो ।
बायर्नको लागि एरिक चुपो मोटिङ र सर्जी नाब्रीले एक एक गोल गरे । पहिलो लेगमा १–० ले विजयी भएको बायर्न गएरातिको खेलपछि समग्रमा ३–० को जित निकाल्दै क्वाटरफाइनलमा पुगेको हो ।
राउण्ड अफ सिक्सटिनकै अर्को खेलमा इंग्ल्याण्डको टोटनह्याम हट्सपरलाई पाखा लगाउँदै इटालीको एसी मिलान पनि क्वाटरफाइनलमा पुगेको छ ।
गएराति भएको दोस्रो लेगको खेल गोलरहित बराबरीमा सकिएपनि पहिलो लेगमा हात पारेको १–० जितको मद्दतले मिलान क्वाटरफाइनलमा पुगेको हो ।
Categorized in स्पाेर्ट्स