arin enterprises

मक्सको आँखा कोकाकोला कम्पनीमा

SamacharDesk | २०७९ बैशाख १५, बिहिबार

ट्वीटर खरिद गरेको एक साता नबित्दै विश्व नम्बर एक धनाढ्य एलन मक्सको आँखा कोकाकोला कम्पनीमा परेको छ ।

केही दिन अघि ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्वीटर खरिद गरेका विश्वका नम्बर एक धनाढ्य एलन मस्कले अब कोकाकोला कम्पनी खरिद गर्ने घोषणा गरेका छन् । ट्वीटर खरिदको डील भएको एक साता नबित्दै मस्कले ट्वीटरमार्फत अब आफूले कोकाकोला खरिद गर्ने र कोकिनलाई पुनः कोकमा जोड्ने बताएका हुन् ।

तर कोकाकोलाको डील के कतिमा हुँदैछ भन्ने विषयमा भने उनले केही बताएका छैनन् । सन् १८८६ मा अमेरिकाको जर्जियाबाट सुरु भएको कोकाकोला अहिले विश्वका विभिन्न देशमा विस्तार भएको छ भने ९ सय वटा कारखानाबाट कोक उत्पादन हुने गरेको छ । कोकाकोलामा विश्वभर ७ लाखले रोजगारी पनि पाएका छन् ।

विश्वभरबाट कोकाकोलाको राजस्व अमेरिका पुग्ने गरेको छ । त्यसो त एलन मस्कले चेन रेष्टुराँ म्याकडोनल्ड पनि खरिद गर्ने बताएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय