दिमागमा चिप राखेको बिरामीले सोचेरै कम्प्युटर चलाएको मस्कको दावी
SamacharDesk | २०८० फाल्गुण ९, बुधबार

न्युरालिंकका संस्थापक एलन मस्कले दिमागमा चिप प्रत्यारोपण गरिएका पहिलो बिरामीले सोचेकै भरमा कम्प्युटर माउस चलाएको दाबी गरेका छन् । मस्कले सोमबार आफ्नो सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस बारेमा जानकारी दिएका हुन् ।
“प्रगति राम्रो देखिएको छ, र बिरामी पूर्णतः निको भएको देखिन्छन्, हामीले सोचे अनुरुप उनमा कुनै बिरामीको असर देखिएको छैन, उनले सोचेरै कम्प्युटरको स्क्रिनमा माउस यताउता गर्न सक्षम भएका छन्” मस्कले एक्समा लेखेका छन् ।
ती बिरामीबाट सम्भवभएसम्म धेरैभन्दा धेरै माउस क्लिक प्राप्त होस् भन्ने प्रयास भइरहेको मस्कको भनाई छ । गत सेप्टेम्बरमा मानवमाथि परीक्षण गर्ने स्वीकृति प्राप्त गरेपछि कम्पनीले गत महिना मात्रै पहिलो पटक मानिसको दिमागमा कम्प्युटर चिप प्रत्यारोपणमा सफलता हात पारेको थियो ।
रोबोर्टको सहयतामा मानिसको दिमागमा रहेको शरीरको चाल नियन्त्रण गर्ने भागमा राखिएको कम्पनीले जनाएको छ ।
मानिसलाई आफ्नो सोचाइबाटै कम्प्युटर क्रसर तथा किबोर्ड नियन्त्रण गर्ने कार्यमा सक्षमता दिलाउने प्रारम्भिक उद्देश्यका साथ यो परीक्षण गरिएको उल्लेख छ ।
मस्क न्युरालिंकलाई लिएर निकै महत्वाकांक्षी देखिएका छन् । उनले ओबिसिटी, अटिजम, डिप्रेसन र सिजोफ्रिनिया जस्ता रोग लागेका बिरामीको उपचारका लागि दिमागमा यो चिप जडान गर्न सकिने बताउने गरेका छन् ।
Categorized in विज्ञान-प्रविधी