मस्क र जुकरबर्ग सिंगल सिंगल भिड्दै
SamacharDesk | २०८० आषाढ ८, शुक्रबार

एलन मस्क र मार्क जुकरबर्गबीच बेलाबेला विवाद हुँदै गर्दा सिंगल सिंगल भिड्ने भएको छ ।
प्रविधि उद्योगका दुई बादशाह बुधबार आफूहरू एक–अर्कासँग केज फाइट (cage fight) अर्थात् कुस्ती भिड्न तयार रहेको संकेत दिएका छन् ।
पछिल्लो समय जुकरबर्गले ट्वीटरजस्तै प्लेटफर्म ल्याउन लागेको खबर बाहिरिएपछि मस्कले जुकरबर्गको आलोचना गरेका थिए ।
सबैभन्दा पहिले फ्रुथी (Froothie) का संस्थापक मारिओ नफलले एक ट्वीट गर्दै बुधबार जुकरबर्गले मस्कका सबै आइडिया कपी गरेको उल्लेख गरेका थिए ।
सो ट्वीटमा जुकरबर्गलाई व्यंग्य गर्दै मस्कले संसार नै मार्क जुकरबर्गको मुठीमा छ भनेका थिए । जुकरबर्गले आफ्ना प्लेटफर्मबाट संसारलाई नै नियन्त्रण गर्न खोजेको मस्कको आरोप थियो ।
मस्कको उक्त आरोपमा रिप्लाईमा एक ट्वीटर प्रयोगकर्ताले आफ्नो ख्याल गर एलन मस्क । जुकरबर्गले ‘जुत्सु’ (जापानी मार्सल आर्ट) सिकिरहेका छन् भनेको थियो ।
उक्त रिप्लाईको पनि रिप्लाई गर्दै मस्कले लेखे, “यदि उनी तयार छन् भने म पनि केज फाइटका लागि तयार छु ” । उक्त रिप्लाईमा ‘पेन्नी टु एक्स’ नाम भएका प्रयोगकर्ताले ‘तर, तिमीले तालिम लिनुपर्छ एलन मस्क’ भन्दै रिप्लाई गरे’।
ती दुई रिप्लाईको स्क्रिनशट इन्स्टाग्राम स्टोरीमा राख्दै मार्क जुकरबर्गले ‘सेन्ड मि लोकेसन’ लेखे । यो समाचार ‘द भर्ज’का सम्पादक एलेक्स हेल्थले ट्वीटरमा राखिएको छ ।
यो समाचारलाई रिप्लाई गर्दै मस्कले ‘भेगास अक्टागन’को एड्रेस दिएका छन् ।
मस्क र जुकरबर्गले यो कुरालाई ख्यालख्यालै भनेका हुन् वा गम्भीर रूपमा भनेका हुन् स्पष्ट छैन ।
Categorized in विज्ञान-प्रविधी
