आईपीएलको नयाँ टिम अहमदावादको नाम र कप्तान सार्वजनिक
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ माघ २५, मंगलबार

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको नयाँ टिम अहमदावादले आफ्नो फ्रेन्चाईज नाम र कप्तान सार्वजनिक गरेको छ ।
सोमबार एक कार्यक्रममा अहमदाबादले आफ्नो फ्रेन्चाईज नाम र कप्तान सार्वजनिक गरेको हो ।
अहमदाबादले आफ्नो फ्रेन्चाईज नाम “अहमदाबाद टाइन्टस” राखेको छ भने कप्तानी हार्दिक पान्डयाले गर्ने छन् ।
यस्तै अहमदावाद टिमको स्वामित्व सिभिसी क्यापिटल्स पार्टनरको रहेको छ । सिभिसी क्यापिटलले ५ हजार २ सय करोड भारतीय रूपैयाँमा अहमदावादलाई खरिद गरेको हो ।
यो टिमको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम हुनेछ ।
यहि मार्चको अन्तिम साताबाट आयोजना हुने बताईएको नयाँ संस्करणको आईपीएलमा अब १० टोलीको सहभागिता हुनेछ । यस अघि ८ टोलीले खेल्दै आएका थिए ।
तर आईपीएलमा १० टिम सहभागी हुन् लागेका यो पहिलो पटक भने होइन । यसअघि सन् २०११ म पनि १० टिम सहभागी थिए ।
त्यो बेला आईपीएलमा पुने वारियर्स र कोच्ची टस्कर्स केरेलालाई समावेश गरिएको थियो । धेरै विवाद हुँदा कोच्चीलाई एउटा सिजन पछि हटाउँदा सन् २०१४ देखि पुनः आईपीएलमा ८ टिम खेल्न थालेका थियो ।
नयाँ संस्करणको मेगा अक्सन फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ ।
Categorized in स्पाेर्ट्सAhmedabad Titans is the official name of the Ahmedabad IPL team.
— Ahmedabad Titans (@AT_ki_tweets) February 7, 2022
