येँयाको अन्तिम दिन नानिचायाः
SamacharDesk | २०८० आश्विन १५, सोमबार

येँयाः (इन्द्रजात्रा)को आज अन्तिम दिन नानिचायाः रथयात्रा हुँदैछ ।
आजको दिन जिवित देवी कुमारी, गणेश, भैरवको रथलाई किलागल क्षेत्रबाट जात्रा गर्ने परम्परा छ । राजा जयप्रकाश मल्लको ल्याइते रानीलाई जात्रा देखाउनका लागि आज अन्तिम दिनको जात्रा गरेको भन्ने कथन रहेको छ ।
जात्रको अन्तिम दिन राज्य प्रमुखबाट कुमारीको दर्शन पनि गर्ने प्रचलन रहेको छ । त्यस्तै आजै ८ः३७ को शुभसाइटमा एक हप्ता अगाडि ठड्याइएको यःसिं ढालिन्छ र टेकु दोभानमा लगेर विर्सजन गरिन्छ र यो वर्ष येँयाः (इन्द्रजात्रा) समापन हुने गर्दछ ।
जात्रा सुरु भएको दिनदेखि रथजात्रा सँगैसँग हिँड्ने मजिपा लाखे, सवभक्कू (हलचोक भैरव), महांकाल देवी, पुलुकिसीहरु पनि आजैबाट आगम घरमा लगिन्छ र जात्रा सम्पन्ने हुन गर्दछ ।
भाद्र द्वादशीका दिन हुनमानढोकामा भक्तपुर चित्तपोलबाट ल्याएको यःसिं ठड्यार औपचारिक रुपमा सुरु भएको जात्राको पहिलो दिन क्वःनेयाः भनेर कान्तिपुर नगरीको तल्लो भागमा जात्रा गरिन्छ भने भोलिपल्ट कान्तिपुर नगरीको उपल्लो भागमा जात्रा गर्ने गरिन्छ ।
जात्राको समयमा निकालिने आकाश भैरव, श्वते भैरव, बाकादे भैरवलाई पनि आगम घरमै फर्काई प्रतिष्ठापन गर्ने प्रचलन रहेको छ ।
Categorized in संस्कृति