बिहारमा हुने कला प्रर्दशनीमा नेपालको सहभागिता
SamacharDesk | २०८० श्रावण १५, सोमबार

नेपाल कला परिषदले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालले पनि सो प्रदर्शनीमा भाग लिन लागेको औपचारिक जानकारी गराएको छ ।
बिहार संग्रहालयको कला प्रर्दशनीमा नेपाल पनि सहभागी हुने भएको छ । भारतको बिहार संग्रहालयले आयोजना गर्ने अन्तर्राष्ट्रिय कला तथा सांस्कृतिक प्रर्दशनीमा नेपालले भाग लिने भएको हो ।
नेपाल कला परिषदले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालले पनि सो प्रदर्शनीमा भाग लिन लागेको औंपचारिक जानकारी गराएको हो ।
यही श्रावण २२ गतेदेखि असोज २० गतेसम्म आयोजना हुने सो प्रर्दशनीका लागि नेपालले ६६ वटा कलाकारका २०५ वटा उत्कृष्ट कला र संस्कृति झल्काउने खालका तस्वीरहरु प्रदर्शनीका लागि पठाउने काम भइसकेको पनि परिषद्का अध्यक्ष सागरसमशेर जबराले बताउनु भयो ।
नेपाललाई सो प्रदर्शनीमा देवीदेवतासँग सम्बन्धित कला र संस्कृति झल्काउने तस्वीरहरु प्रदर्शन गर्ने अवसर सो संग्राहलयले उपलब्ध गराएको छ । नेपालको कला र संस्कृतिलाई फेरि विश्वमाझ अझ परिचित गराउने अवसर सो प्रदर्शनीबाट हुने विश्वास समेत परिषदले लिएको छ ।
अध्यक्ष जबराले त्यो काममा व्यापक प्रचार तथा प्रसार गरिदिन पनि नेपालका सञ्चार माध्यामहरुलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘२०५ जना आर्टिष्टहरुको ६६ वटा आर्टसहितको हाम्रो त्यहाँ बृहत प्रदर्शनी हुँदैछ । सामान पुगिसकेको छ । अन्तर्राष्ट्रिय स्तरमै हुने इक्जिविशनमा हाम्रो एउटा राम्रो प्रतिनिधित्व होस् भन्ने चाहन्छौं ।
यसैकारण यो एउटा विशेष एक्जिविशन छ । त्यसमा हाम्रो आर्ट, कल्चर प्रमोशन गर्नमा यहाँहरुको ठूलो हात छ । हाम्रो राजनीतिले र सरकारले आर्ट र कल्चरमा जुन रुपमा प्रायोरिटी दिनुपर्ने हो, त्यो दिन सकेको छैनन ।
जबकी हाम्रो देश एउटा एभरेष्ट र अर्को आर्ट, कल्चरको लागि प्रसिद्ध छ । त्यसैकारण हामीले सो एक्जीविशनमा पनि उपस्थिति पाएका हौं ।’
सो प्रदर्शनीमा नेपालसहित रशिया, इजरायल, क्रोष्टारिका र पानमाको पनि विशेष प्रदर्शनीहरु हुनेछ ।
नेपालले यसअघि पनि विश्व प्रसिद्ध वेल्ट संग्राहलयमा आफ्नो कला र संस्कृति झल्कने खालका कला प्रदर्शनीमा भाग लिएको थियो ।
Categorized in समाज