ईंग्ल्याण्डमाथि नेपालको ऐहिासिक जित
SamacharDesk | २०८१ कार्तिक १६, शुक्रबार

नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटको ऐतिहासिक जित हात पारेको छ ।
हङ्कङको मोङ ककमा शुक्रबार भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
कप्तान सन्दिप जोराले विष्फोटक ब्याटिङ गरेपछि नेपालले तीन पटकको च्याम्पियन इंग्ल्याण्डलाई पहिलो खेलमै ६ विकेटले पराजित गरेको हो । कप्तान जोराले ५० रन बनाएपछि नेपालले ९८ रनको लक्ष्य विना विकेटको क्षति ४.२ ओभरमा पूरा गरेको हो ।
जोराले १२ बल खेल्दै ३ चौका र ६ छक्का मदतमा ५० रन बनाए । उनी अर्धशतकपछि रिटायर लिन पाउने भएकोले उनी रिटायर्ड नटआउट रहे।
त्यसैगरी लोकेश बमले ११ बलमा एक चौका र दुई छक्काको सहयोगमा २० रन बनाए । राशिद खानले पाँच बलमा दुई चौका र दुई छक्काको सहयोगमा २१ रन जोड्नु भयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङल्याण्डले पाँच दशमलव पाँच ओभरमा छ विकेट गुमाएर ९७ रन बनाएको थियो ।
Categorized in स्पाेर्ट्स