arin enterprises

नेपालका कप्तान किरण २०२४ सम्म पञ्जाबमा रहने

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २, मंगलबार

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बु सन् २०२४ सम्मका लागि भारतीय क्लब पञ्जाब एफसीमा आबद्ध भएका छन् ।

यो सिजनदेखि भारतको शीर्ष डिभिजनको लिग इन्डियर सुपर लिग (आइएसएल) खेल्न लागेको पञ्जाबले किरणसँग सम्झौता भएको सार्वजनिक गरेको हो ।

यो सिजनको आइएसएल सेप्टेम्बरबाट सुरु भएर मार्च २०२४ सम्म हुनेछ । किरण गत सिजन पनि पञ्जाबमा थिए।

गत सिजन पञ्जाबले आइ–लिग च्याम्पियन हुँदै आइएसएलमा स्थान बनाएको थियो ।

त्यसअघि उनले माजियाबाट माल्दिभ्सको लिग जितेका थिए । जहाँ उनी सिजनको सर्वोत्कृष्ट गोलकिपर घोषित भएका थिए ।

यसअघि उनले २०१८ र २०२० को सिजनमा पञ्जाबबाट आइ–लिग खेलेका थिए ।

Categorized in स्पाेर्ट्स