arin enterprises

नेपालले युएई एलाई हरायो

SamacharDesk | २०८० श्रावण ३, बुधबार

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले युएई ए लाई पराजित गरेको छ ।

पि सारा ओभल कोलोम्बोमा नेपालले युएई ए लाई ३ विकेटले पराजित गरेको हो ।

युएईले दिएको १ सय ५८ रनको लक्ष्य २३ ओभरमा ७ विकेट गुमाई पूरा गर्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४३ बलमा सर्वाधिक ७१ रनको अर्धशतकिय पारि खेले । भुर्तेलले ९ चौका र ४ छक्का प्रहार गरेका थिए ।

सन्दीप जोरा र देव खनालले समान २४/२४ रन बनाउँदा अरु सस्तैमा समेतिए ।

बलिंग तर्फ युएईका लागि मोहम्मद फजुरुद्दिनले ५ तथा मोहम्मद जगदुल्लाहले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदै अलआउट भएको थियो ।

युएईका लागि लभप्रित सिंहले ८२ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए ।

इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ रन बनाए । 

बलिंगमा नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चिएर ६ विकेट लिए । राष्ट्रिय टिमबाट भुर्तेलले एकै ईनिङमा लिएको यो सर्वाधिक विकेट हो ।

श्याम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले समान १÷१ विकेट लिए ।

समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् ।

नेपालले सान्त्वना जित हात पारेको छ । युएई जितबिहिन रुपमा प्रतियोगिता सकाएको छ ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।

युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो ।

यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।

हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् ।

सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ भने फाइनल खेल २३ जुलाईमा रहेको छ ।

Categorized in स्पाेर्ट्स