चीनमा पनि नेपाली विजुली विक्री गर्ने योजना
SamacharDesk | २०८० भाद्र ५, मंगलबार

नेपालमा उत्पादित विजुली चीनलाई पनि विक्री गर्ने प्रधानमन्त्री दाहालले बताउनु भएको छ ।
मंगलबार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले विद्युत उत्पादन क्षमता वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउने गरी काम गरिरहेको बताउनुभएको छ ।
उहाँले मुलुकको जलविद्युत उत्पादन क्षमता अनुसार विद्युत उत्पादन गरी बढी भएको विद्युत व्यापारको माध्यमबाट मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रमा लैजान सकिने बताउनु भयो ।
उहाँले अन्तरदेशीय विद्युत व्यापार वृद्धि गर्न सके मात्रै विद्युत उत्पादन गर्ने क्षमता पनि बलियो बन्नसक्ने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले उत्पादन भएको विद्युत क्षमतालाई देशभित्रै खपत गर्ने धेरै कठिन रहेको भन्दै बढी भएको विद्युत नेपालले अन्तरदेशिय व्यापार गर्न आवश्यक रहेको बताउनु भयो ।
भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रशारण लाइन पूर्व पश्चिम विद्युत आपूर्तिका लागि रणनीतिक महत्वको रहेको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले जलविद्युत तथा प्रशारण लाइन आयोजना निर्माणमा रहेको रुख कटान र जग्गाअधिग्रहणको समस्या मौज्जुदा कानूनको संशोधन र नयाँ कानुनको निर्माण गरी सम्बोधन गरिने बताउनु भयो ।
Categorized in राष्ट्रिय