डा. बैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त
SamacharDesk | २०८० जेठ ३२, बिहिबार

सरकारले मुख्यसचिवमा डा.बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको मुख्यसचिवमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले आफ्नो करिअरको लामो समय उपसचिवका रुपमा राष्ट्रिय योजना आयोग र सहसचिवका रुपमा अर्थ मन्त्रालयमा बिताएका थिए ।
अर्थशास्त्रमा पीएचडी गरेका उनले अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख हुँदा लाइन मिनिस्ट्री बजेट इन्फरमेसन सिस्टम (एलएमबीआईएस) बनाउन मिहिनेत गरेका थिए ।
त्यस्तै, आर्थिक नीति विश्लेषण महाशाखा तथा अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखाको प्रमुखका रुपमा पनि काम गर्नुभएको थियो सचिवहरुमध्येमा वरिष्ठताका आधारमा अर्याललाई मुख्यसचिवमा अर्याललाई नियुक्त गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले मुख्यसचिवका रुपमा कार्यरत शंकरदास बैरागीलाई भने राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको छ ।
३ महिनापछि अनिवार्य अवकाश पाउने बैरागीलाई सरकारले मुख्यसचिवबाट राजीनामा दिन लगाइ राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो ।
यस्तै आगामी असार २ गतेदेखि सचिवको पाँच वर्षे कार्यकाल पूरा भई अवकाश पाउने अवस्थामा पुगेका अर्याललाई सरकारले मुख्यसचिव नियुक्त गरेको हो ।
Categorized in राष्ट्रिय