arin enterprises

टी-२० सिरिजमा नेपालको क्लीन स्वीप

SamacharDesk | २०८१ कार्तिक ५, सोमबार

नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गरेको छ ।

टी–२० सिरिजको तेस्रो खेलमा नेपालले ८ विकेटको सहज जित हासिल गर्दै नेपालले ३–० ले क्लीन स्वीप गरेको हो ।

अ‍ेरिकाको डालसमा आज भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछाएको नेपालले १८.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

आज बिहान टस जितेर पहिले व्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनायो । उसका लागि साइतेजा मुकामल्लाले सर्वाधिक ६८ रन बनाउँदा नेपालका सोमपाल कामीले तिन विकेट लिए ।

जवाफमा १ सय ५७ रनको लक्ष्य नेपालले १८ ओभर ४ बलमा दुई विकेट गुमाएर पूरा ग¥यो । नेपालको लागि आसिफ शेखले अर्धशतक बनाउँदा कुशल मल्लले अविजित ४४ रन तथा कुशल भुर्तेलले अविजित ४० रनको योगदान दिए ।

टि ट्वेन्टी श्रृंखलापछि नेपालले अब त्रिकोणात्मक एक दिवसिय श्रृंखला खेल्नेछ । विश्वकप क्रिकेट लिग टु अन्तर्गतको उक्त श्रृंखला नेपाल, अमेरिका र स्कटल्याण्डबिच हुनेछ ।

Categorized in स्पाेर्ट्स