arin enterprises

नेपाल समुह विजेता बन्दै सेमिफाइनलमा

SamacharDesk | २०८१ कार्तिक ९, शुक्रबार

साफ महिला च्याम्पियनशिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ६–० गोलले हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विहीबार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपाललाई जिताउन रेखा पौडेलले दुई गोल गरे । सविता रानामगर, सावित्रा भण्डारी (साम्बा), अमिषा कार्की र रश्मीकुमारी घिसिङले एक एक गोल गरे ।

जितसँगै नेपाल समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल थपेको थियो ।

खेलभर रक्षात्मक रणनिति बनाएको श्रीलङ्काले गोल गर्न सकेन हिजोका खेलहरुपछि साफ महिला च्याम्पियनिसपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

तीन खेलबाट सात अङ्क बनाएको नेपाल समूह विजेता र समान सात अङ्क बनाएको भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

बिहीबार नै भएको यही समूहको अर्को खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हराएको थियो । सेमिफाइनलमा नेपालले पाँच पटकको विजेता भारतसँग खेल्नेछ भने भुटानले साविक विजेता बङ्गलादेशसँग खेल्नेछ ।

दुबै सेमिफाइनल खेल आइतवार हुनेछन् ।

Categorized in स्पाेर्ट्स