arin enterprises

फिफा वरीयतामा नेपाल यथावत

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ४, बिहिबार

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को नयाँ विश्व वरीयतामा नेपाल यथावत रहेको छ ।

बिहीबार फिफाले निकालेको नयाँ वरीयता अनुसार नेपाल १७५ औं स्थानमा रहेको छ । नेपाल अघिल्लो महिनामा पनि १७५ औं स्थानमै रहेको थियो ।

दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । ९९ औं स्थानमा रहेको भारत र १५५ औं स्थानमा रहेको माल्दिभ्स रहेको छ ।

यस्तै नेपालपछि भुटान १८५ औं स्थानमा रहदा बंगलादेश १८९ औं स्थानमा रहेको छ ।

पाकिस्तान २०१ औं स्थानमा रहदा श्रीलंका २०४ औं स्थानमा छ ।

अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा यथावत रहेको छ ।

वरीयताको दोस्रो स्थान फ्रान्स र तेस्रो स्थानमा ब्राजिल, इंग्ल्यान्ड चौंथो स्थानमा र  बेल्जियम पाँचौं स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स