arin enterprises

नेपालले जित्यो एक खेल अगावै सिरिज

SamacharDesk | २०८१ कार्तिक ४, आइतबार

अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा जारी अमेरिकाविरुद्ध टी–२० सिरिज नेपालले जितेको छ ।

आज विहान भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले तीन खेलको सिरिज एक खेल अगावै जितेको हो ।

अमेरिकाले दिएको ३ रनको लक्ष्य नेपालले ४ बलमा भेटायो । नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

अमेरिकाका आन्द्रेस गौसले सबैभन्दा धेरै ६२ रन बनाए । नेपालका करण केसीले ३, सोमपाल कामीले २ तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

यसअघि डालासमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो । नेपालका कुशल भुर्तेलले नटआउट ९२ रन बनाए ।

भुर्तेलले ५४ बल खेल्दै ६ छक्का र ७ चौका प्रहार गरे । अमेरिकाका जसदीप सिंह र नोस्थुश केन्जिगेले समान २ विकेट लिए ।

यो जीतसँगै नेपालले तीन खेलको शृङ्खला एक खेलअघि नै जितेको छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो ।

Categorized in स्पाेर्ट्स