वर्ल्ड यूथ सभात च्याम्पियनसिपमा नेपालले जित्यो रजत पदक
SamacharDesk – समाचारडेस्क स्पोर्ट्स ब्यूरो | २०८२ श्रावण १२, सोमबार

उज्वेकिस्तानको तासकेन्ट शहरमा सम्पन्न वर्ल्ड यूथ सभात च्याम्पियनसिपमा नेपालका बसिल त्वायनाले रजत पदक जितेका छन् ।
प्रतियोगिताको दोस्रो दिन ८०–८५ केजी तौल समूहमा उज्वेकिस्तान, फ्रान्स अजÞरबैजान र नेपालका खेलाड़ीबीच लिग चरणमा खेल खेलाइएको थियो ।
सो क्रममा नेपालका बसिलले पहिलो खेलमा आयोजक उज्वेकिस्तानका जिदिरोभ मोहम्मदलाई हराई ३ अंक हासिल गरेका थिए ।
दोस्रो खेलमा अजरबैजानी खेलाडी महमद सुलेमनोभलाई पराजित गरी ६ अंक बटुलेका उनी तेस्रो खेलमा फ्रान्सका खेलाड़ी मलभिन पेरिईले वॉकओवर दिएर ९ अंक बटुली फाइनल प्रवेश गरेका थिए ।
७ अंक बटुली फाइनल प्रवेश गरेका फ्रान्सकै खेलाडी मलभिन पेरिईसँग तेस्रो दिन भएको फाइनल खेलमा पराजित भएपछि बसिलले रजत पदकमै चित्त बुझाउनु परेको हो ।
सभात खेलको जन्मदाता फ्रान्सको खेलाडीसँग फाइनलमा भिड्न पाउनु गर्वको विषय भएको नेपाल सभातका संस्थापक अध्यक्ष तथा टिम कोच साथै एसियन सभात कन्फिडेरेसनका कार्यकारी सदस्य लक्ष्मण बस्नेतले बताए ।
प्रतियोगिता जुलाई २३ देखि २७ सम्म चलेको थियो।
Categorized in स्पाेर्ट्स