डीएल प्रणालीबाट यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा
SamacharDesk | २०७९ चैत्र २, बिहिबार

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँग भएको एकदिवसीयमा नेपालले जित हासिल गरेको छ ।
नेपाल डीएल प्रणालीमा यूएईलाई ९ रनले हराउँदै नेपाल एकदिवशीय विश्वकपको ग्लोवल क्वालिफायरमा पुगेको छ ।
४४ ओभर सकिँदा खराव प्रकाशका कारण अम्पायरले खेल रोक्नुअघि नेपालले २६९ रन बनाएको थियो भने डीएल प्रणालीमा २६७ रन आवश्यक थियो ।
काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो ।
बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको थियो । १७ ओभरको समाप्तीसँगै नेपालले ४ विकेटको क्षतिमा ९९ रन जोडेको थियो ।
यसअघि लिग-२ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । नेपालले उक्त खेल ८ विकेट गुमाउँदै जितेको थियो ।
Categorized in स्पाेर्ट्स