वैशाख २४ गते कामकाजी भाषा ऐनको कार्यान्वयन गर्ने
SamacharDesk – राम डंगोल | २०८१ बैशाख २०, बिहिबार

बागमती प्रदेश सरकारले प्रदेशको कामकाजी भाषा ऐनको कार्यान्वयन गर्ने भएको छ ।
बागमती प्रदेश सरकार, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले आगामी सोमबार वसन्तपुरस्थित हनुमानढोका दरवार परिसरमा नेवाः र तामाङ भाषा कार्यान्वयन घोषणा गर्न लागेको हो ।
काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले गत कार्तिक २३ गते राजपत्रमा प्रकाशित भएको विधेयक कार्यान्यम गरिने बताउनुभयो ।
सो अवसरमा वैशाख २४ गते वृहत कार्यक्रमको आयोजना गरी बागमती प्रदेशमा सरकारी कामकाजी भाषा ऐन कार्यान्वयन शुभारम्भ गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा जनाए अनुसार विहान ७ बजे वसन्तपुरबाट एक नेवाः तथा तामाङ समुदायको साँस्कृतिक ¥याली निकाली ९ बजे बसन्तपुरमा भाषा ऐन लागू भएको घोषणा गरिनेछ ।
घोषणा कार्यक्रम अघि नेवाः तथा तामाङ समुदायको सांस्कृतिक ¥याली निकालिने भएको छ । सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुख्य अतिथि तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई विशेष अतिथिको रुपमा निमन्त्रण गरिएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, बागमती प्रदेशका पूर्व संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन, तामाङ घेदुङया उपाध्य सञ्चु ब्लोनलगायतले नेपालमा भएको राजनीतिक परिवर्तनपछि भाषिक अधिकार प्राप्त भएको विषयमा आआप्mनो धारणा राखेका थिए । य
सैबीच बागमती प्रदेश सरकारले २४ वैशाखमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यही २४ वैशाखबाट प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८० कार्यान्वयनमा ल्याउने भएपछि उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
Categorized in समाज