arin enterprises

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

SamacharDesk | २०८० भाद्र २०, बुधबार

पाकिस्तान र श्रीलंकामा जारी एसिया कप–२०२३ खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।

टोलीलाई त्रिभुवन विमान स्थलमा नेपाल क्रिकेट सङ्घ ९क्यान० का पदाधिकारी र समर्थकले बाजागाजासहित भब्य स्वागत गरिएको छ ।

टोलीलाई विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित स्वागत गरेको हो । खेलाडीहरुको स्वागत गर्न सयौँ समर्थक राष्ट्रिय झण्डासहित विमानस्थल पुगेका थिए ।

एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिमले प्रतियोगिताको दुवै खेलमा हार व्यहोरेको छ । नेपालले समूहमा पहिलो पटक विश्व वरीयताको शीर्ष टोली पाकिस्तान र तेस्रो स्थानमा रहेको भारतसँग प्रतिस्पर्धा गरेको थियो ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भारतसँग डकवर्थ लुइसको नियमका आधारमा १० विकेटले पराजित भएको थियो ।

यद्यपी पाकिस्तानसँगको तुलनामा नेपालले भारतसँग उत्कृष्ट प्रदर्शन गरेको थियो ।

ब्याटिङमा महाशक्ति भारतसँग निडर प्रदर्शन गरेपछि नेपाली टोलीको चर्चा विश्वभर चुलिएको थियो ।

Categorized in स्पाेर्ट्स