निर्वाचन आयोगले पुनः मतदाता नामावली संकलन थाल्यो
SamacharDesk – राम डंगोल | २०७९ आषाढ १, बुधबार

निर्वाचन आयोगले आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन कार्य पुनः सुरु हुने भएको छ ।
आयोगले नामावली अद्यावधिक गर्न तथा नयाँ मतदाताको रुपमा नाम दर्ता गर्न जुन जिल्लामा बसेको हो सोही जिल्लाको निर्वाचन कार्यालयबाट गर्न सकिने पनि जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीमा बस्दै आएका अन्य जिल्लाका मतदाताले समेत काठमाडौं जिल्ला निर्वाचन कार्यालय बिजुली बजारबाट मतदाता नामावलीमा नाम लेखाउन सक्ने जनाएको छ ।
उता, हिजो पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले आगामी मंसिरके पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रदेश र संघको निर्वाचन मंसिर पहिलो सातासम्म गर्ने गरी आयोगले तयारी थालेको बताउनुभयो ।
आयोगले एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी थालेको जनाइएको छ ।
Categorized in राष्ट्रिय