arin enterprises

युरोकपको लागि नेदरल्याण्डको टोली घोषणा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १३, बिहिबार

युरोकपको लागि नेदरल्याण्डको टोली घोषणा भएको छ ।

यहि जुनदेखि सुरु हुने युरोकप २०२० का लागि मुख्य प्रशिक्षक फ्रांक डे बोएरले बुधबार २६ जनाको टोली घोषणा गरेका हुन् । यसअघि प्रारम्भिक चरणमा घोषणा गरिएको ३४ खेलाडीबाट युरोकपका लागि यो अन्तिम टोली घोषणा गरिएको हो ।

सन् २०१६ मा फ्रान्समा भएको युरोकपमा छनोट हुन नसकेको नेदरल्याण्ड्सले युरोकपमा पुनरागमन गर्दैछ ।

उक्त टिममा जुरिन टिम्बर र कोडी गाक्पोले पहिलो पटक टिममा स्थान बनाउँदा स्टेभेन बर्जविन लगायत ८ खेलाडी भने टिममा अटाउन सकेनन् । नेदरल्याण्डको नियमित कप्तान भर्जिल भान डाइकले यसअघि नै चोटका कारण युरोकप नखेल्ने घोषणा गरिपछि अब नेदरल्याण्डको कप्तानी जर्जिनिओ विज्नाल्डमले गर्ने सम्भावना छ ।

नेदरल्याण्ड, युक्रेन, अष्ट्रिय र नर्थ मेसेडोनियासंग समूह सी मा रहेको छ ।

युरोकप युरोपका विभिन्न ११ देशमा यही जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

२६ सदस्यीय नेदरल्याण्ड टोली

गोलकिपर: ज्यास्पर सिलेसन, टिम क्रुल, मार्टेन स्टेकेलनवर्ग 

डिफेण्डर: डाले ब्लाइन्ड, स्टेफान डे भ्रिज, जोएल भेल्टम्यान, माथिस डे लिट, नाथन एके, डेन्जेल डुमफाएर, प्याट्रिक भान अनहोल्ट, ओवेन विन्डल, जुरिन टिम्बर

मिडफिल्डर: जर्जिनिओ विज्नाल्डम, फ्रेन्की डे जोङ, डेभ् क्लासेन, मार्टेन डे रुन, डोनी भान डे बिक, राएन ग्राभेनबर्च, टिउन कुपमेइनर्स

फरवार्ड: मेम्फिस डिपाए, क्विन्सी प्रोम्स, लुक डे जोङ, स्टेभेन बर्गुइस, डोनयेल मालेन, वउट वेघोस्र्ट, कोडी गाक्पो

Categorized in स्पाेर्ट्स