arin enterprises

न्युरालिंकले मानव मस्तिष्कमा चिप प्रत्यारोपण परीक्षणको अनुमति पायो

SamacharDesk | २०८० जेठ १२, शुक्रबार

एलन मस्कको कम्पनी न्युरालिंकले मानव मस्तिष्कमा चिप प्रत्यारोपणको परीक्षण गर्ने अनुमति पाएको छ ।

न्युरालिंकले पहिलो पटक मानिसमा चिप प्रत्यारोपण परीक्षण गर्नका लागि अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट स्वीकृति पाएको हो ।

बिहिबार पहिलो पटक मानिसमा चिप प्रत्यारोपण गर्नका लागि अनुमति पाएको जानकारी दिँदै ट्वीटरमा एक ट्वीट राखेको थियो ।

ट्वीटमा कम्पनीले पहिलो यो स्वीकृति प्राप्त गरेको कुरा शेयर गर्न पाउँदा उत्साहित रहेको र न्युरालिङ्कले गरेको मिहिनेतका कारण एफडीएसँगको यो सहकार्य सम्भव भएको उल्लेख गरेको छ ।

यदि कम्पनीले गरेको ट्वीट सही हो भने, मानिसहरूले छिट्टै नै आफ्नो मस्तिष्कमा चिप प्रत्यारोपण गर्न पाउनेछन् ।

कम्पनीले यसबारे विस्तृत जानकारी चाँडै बाहिर ल्याउने प्रतिवद्धता दिएको छ ।

कम्पनीका मालिक एलन मस्कले गत नोभेम्बरमा छ महिनाभित्र मानिसमा चिप प्रत्यारोपणको परीक्षण सुरु गर्ने दाबी गरेका थिए ।

Categorized in विज्ञान-प्रविधी