arin enterprises

प्रधान सेनापतिमा महारथी अशोकराज सिग्देल नियुक्त

SamacharDesk | २०८१ भाद्र २४, सोमबार

राष्ट्रपति रामचन्द्र पौडेलले अशोकराज सिग्देलाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबिच कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्लेललाई महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गर्नु भएको छ ।

सोही अवसरमा सम्माननीय राष्ट्रपतिले नव नियुक्त प्रधान सेनापतिलाई पद तथा गोपनीयताको शपथ समेत गराउनु भएको थियो ।

मन्त्रीपरिषद् बैठकले उहाँलाई महारथी दर्जामा बढुवा गरी प्रधान सेनापतिमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ९५० बमोजिम सोमबार महारथीको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गर्नुभएको छ ।

सो अवसरमा सैनिक परम्परा अनुसार नवनियुक्त प्रधान सेनापति महारथी सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

त्यसै गरी उहाँले सैनिक मञ्च टुँडिखेल र छाउनी स्थित वीर स्मारकमा श्रद्धान्जली अर्पण गर्नुका साथै जङ्गी अड्डामा कार्यालय बहाली गरी प्रधान सेनापतिको कार्यभार सम्हाल्नु भएको छ ।

वि.सं. २०२३ माघ १९ गते रुपन्देही जिल्लामा जन्मनु भएका प्रधान सेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गर्नु भएको थियो ।

मिति २०८१ श्रावण २५ गतेबाट उहाँले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।

Categorized in राष्ट्रिय
SKIP THIS buddhan jayanti 2082