arin enterprises

स्पेशल लस्सीसहित न्यूरोडमा खोलियो एनएफसी

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ माघ १६, आइतबार

काठमाडौंको प्रमुख व्यापारिक केन्द्र मानिने नयाँ सडकमा न्यूरोड फुटकोर्ड (एनएफसी) को शुरुवात भएको छ ।

बिलकुलै नयाँ स्वादको लस्सी, नेपाली काजु र अन्य विभिन्न खानेकुराको विशेषताको साथमा न्यूरोडको महर्जन कम्प्लेक्समा एनएफसीको शुरुवात गरिएको हो ।

काठमाडौंको विभिन्न स्थानमा लस्सी पाइएपनि यहाँको लस्सीको विलकुलै नयाँ र फरक स्वाद हुने दावी गरिएको छ । लस्सीको साथमा नेपाली काजु र खुवा पनि यस फुड कोर्टको विशेषता भएको फुड कोर्टका प्रोप्राइटर कुन्जन आचार्यले बताउनुभयो ।

‘हामी गिनीबाट काँचो काजु ल्याएर यहाँ प्रशोधन गर्छौं । काठमाडौंमात्र होइन, नेपालभरी धेरै ठाउँमा किन्न पाइएला तर यहाँको काजु खाएपछि तपाईँलाई यसको विशेषता थाहा हुन्छ’ आचार्यले भने । खुवा भने हेटौैंडाबाट ल्याइने आचार्यले भने ।

लण्डनमा १० वर्ष र अबुधाबीमा ३ वर्ष बसेर खानेकुराकै क्षेत्रमा विशेषज्ञता हासिल गरेका आचार्यले नेपालमा रविन्द्र नकर्मी र भिमकुमार श्रेष्ठसँग मिलेर महर्जन कम्प्लेक्सबाट आफ्नो व्यवसायको शुरुवात गरेका हुन् ।

न्यूरोडको प्राइम लोकेशन भएकोले नै आफ्नो व्यवसाय शुरु गर्न महर्जन कम्प्लेक्सलाई रोजेको आचार्यले भने ।

‘नेपालको राजधानी काठमाडौं, काठमाडौंको राजधानी न्यूरोड र न्यूरोडको पनि मुटु भनेको यो कम्प्लेक्स हो । त्यसैले मैले यहि लोकेसन राजेको हो’ उनको भनाई हो ।

ग्राहकलाई नयाँ स्वाद दिन भन्दै भक्तपुरको जगातीबाट ल्याइने स्पेशल पाउँ पनि यस फुड कोर्टमा राखिएको छ । यसैगरी विभिन्न फ्लेवरको आइसक्रीम पनि राखिएको छ ।

चियाको फरक स्वाद दिने बबल टी पनि फुड कोर्टको मेनुमा राख्ने योजना रहेको तर यो चिया भने २ हप्ता पछि मात्र उपलब्ध हुने बताइएको छ । 

Categorized in बिजनेस