arin enterprises

अज्ञात समूहले एनएमबि बैंकबाट ३५ लाख लुट्यो

SamacharDesk | २०८० जेठ १६, मंगलबार

महोत्तरीमा एनएमबि बैंकको शाखाबाट अज्ञात समूहले बैंक लुटेका छन् ।

आज दिउँसो १२ बजेतिर महोत्तरी गाउँपालिका–२, महोत्तरीबजारस्थित एनएमबि बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ ।

चार जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मास्क लगाएर बैंकमा प्रवेश गरेका लुटेराहरु बैंक लुटेपछि मोटरसाइकलबाट भागेका थिए ।

प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको जनाइएको छ ।

Categorized in समाज