रहिनन् ‘एक दो तीन...’ की कोरीयोग्राफर सरोज खान
SamacharDesk – विकाश | २०७७ आषाढ १९, शुक्रबार

पछिल्लो समय बलिउडका लागि एक पछि अर्को दुःखद खबरहरु आइरहेका छन् । बलिउडका चर्चित कलाकार सुसान्त सिंह राजपुतको आत्महत्याको चर्चा सेलाउन नपाउँदै चर्चित कोरीयोग्राफर सरोज खानको निधन भएको छ ।
चर्चित नृत्य निर्देशक सरोज खानको बिहीबार राति १ः५२ मा हृदयघातका कारण मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या देखिएपछि उनी गत जुन २४ तारिखमा मुम्बईको गुरु नानक अस्पतालमा उनी भर्ना भएकि थिइन् ।
त्यसको केही समयपछि स्वास्थ्यमा सुधार देखिएपछि उनी घर फर्केकि थिइन् । तर विहिवार फेरी स्वास्थ्यमा अचानक समस्या देखिएको थियो ।
मलाडको कब्रिस्तानमा उनको अन्त्येष्टि गरीएको छ ।
तीन दिनपछि उनलाई श्रद्धान्जली दिँदै प्रार्थना सभाको आयोजना गरिने भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
सन् १९७४ मा आएको ‘गीता मेरा नाम’ चलचित्रबाट बलिउडमा पदार्पण गरेकि उनले आफ्नो ४० वर्षको करियरमा बलिउडका लागि दुई हजार बढी गीतमा कोरियोग्राफी गरेकी छन् ।
बलिउडको एभरग्रीन डान्स नम्बर एक दो तीन गीतको कोरीयोग्राफी सरोजले नै गरेकि थिइन् । साथै मिस्टर इन्डियाको हवाहवाई, देवदासको चर्चित गीत डोला रे कोरीयोग्राफी पनि सरोजकै थियो ।
उनले अन्तिम पटक कंलक चलचित्रका लागि कोरीयोग्राफी गरेकि थिइन् ।
उनले तीन पटक नेशनल अवार्ड जितेकी छन् ।
सरोजका पति बी सोहनलाल, छोरा हामिद र दुई छोरीहरु हिना र सुकन्या छन् ।
२२ नोभेम्बर १९४८ मा जन्मेकी उनको नाम निर्मला नागपाल थियो । पछि मुस्लिम धर्म अपनाइ आफ्नो नाम सरोज खान राखेकी थिइन् ।
Categorized in पेजथ्री