मोरङमा अवैध लागूऔषध सहित पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र ४, बिहिबार

मोरङको केराबारी गाउँपालिका १० खदमखोलाबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
सुन्दरहरैंचा नगरपालिका ८ बस्ने २० वर्षीय आशिष दास समेत ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा उक्त गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कपिलवस्तुमा सुनको गहना र नगद समेत चोरी
त्यसैगरी बुद्धभूमी नगरपालिका ९ चौवन्नपुर बस्ने बीर बहादुर भाटको घरबाट नगद २ लाख रुपैयाँ र डेढ तोलाको सुनको गहना बुधबार राति चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Categorized in अपराध