arin enterprises

अवैध लागूऔषध गाँजा सहित पक्राउ

SamacharDesk – बिराज | २०७७ भाद्र १८, बिहिबार

उदयपुर ताप्ली गाउँपालिका ५ सल्ले बस्ने हुप बहादुर मगरलाई १५ केजी अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ । 

मगरले लागूऔषध गाँजा सञ्चय, ओसार पसार तथा किनबेच गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Categorized in अपराध