arin enterprises

अवैध भरुवा बन्दुकसहित पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र १८, बिहिबार

स्याङ्जाबाट एक जनालाई प्रहरीले १ थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

स्याङ्जा अर्जुनचौपारी गाउँपालिका १ मझपाटा बस्ने ६३ वर्षीय ईन्द्र बहादुर क्षेत्रीलाई १ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । 

क्षेत्रीले पड्काएको भरुवा बन्दुकको छर्राले एक पैदल यात्रु घाइते भएपछि उक्त बन्दुकसहित क्षेत्रीलाई  प्रहरीले पक्राउ गरेको हो ।

आफ्नो खेतबारीमा मकै खान आएको बाँदरलाई धपाउनको लागि बन्दुक पड्काउँदा गोलीको छर्रा लागी पैदलयात्री सोही स्थान बस्ने ४५ वर्षीय भिम बहादुर गोदार गम्भीर घाईते भएका थिए ।

गोदारलाई उपचारको लागि पोखरातर्फ पठाइएको छ । 

Categorized in अपराध