जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र १९, शुक्रबार

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको मोहन्याल गाउँपालिका ६ सोल्टा बस्ने ४० वर्षीय मानवीर कामीलाई आज बालिकालाई जबरजस्ती करणी अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
बालिकालाई जबरजस्ती करणी गरेको खबर आएपछि ईलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Categorized in अपराध