arin enterprises

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र २०, शनिबार

कैलाली जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले वन मुद्दाका फरार ४ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका ११ बस्ने ३३ वर्षीय केवल राना, जोशीपुर गाउँपालिका २ बस्नेहरु ३० वर्षीय ईश्वर डगौरा, ४१ वर्षीय कृष्ण प्रसाद डगौरा र ५८ वर्षीय हरि कुमाल डगौरा रहेका छन् । 

उनीहरूमध्ये केवल राना उपर जिल्ला अदालत कैलालीले २०७१ पुस १३ गतेको फैसलाले ६१ हजार ८ सय ४० रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

अन्य ३ जना उपर २०७२ जेठ २१ गतेको फैसलाले जनही ६७ हजार ८ सय ३४ रुपैयाँ जरिवाना ठहर भएको थियो ।

यसैगरी जिल्ला अदालत कैलालीको २०७२ जेठ १० गतेको फैसलाले चोरी मुद्दामा १ लाख ३० हजार जरिवाना ठहर भई फरार अभियुक्तलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

भजनी नगरपालिका ३ बस्ने शुभम अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आ आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ प्रतिवादीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Categorized in अपराध