अपरिचित व्यक्तिको कुटपिटबाट मृत्यु
SamacharDesk – बिकाश | २०७७ भाद्र २२, सोमबार

गुल्मीमा अपरिचित व्यक्तिको कुटपिटबाट २३ वर्षीइ मोती कुवँरको मृत्यु भएको छ ।
कुटपिटबाट ईस्मा गाउँपालिका १ छीम्ना खोलामा न्यु भुमरी होटल गरी बस्ने सोही गाउँपालिका २ घर्तीघाट घर भएका कुँवरको आइतबार राति मृत्यु भएको हो ।
अपरिचित ब्यक्तिले कुटपिट तथा ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका कुँवरको जिल्ला अस्पताल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो ।
कुटपिटमा संलग्न व्यक्ति हाल फरार रहेका छन् ।
फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध