कोभिड–१९ सम्बन्धी अफवाह फैलाएको अभियोगमा २ जना पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र २६, शुक्रबार

सामाजिक सञ्जाल मार्फत कोभिड–१९ को पिसिआर रिपोर्ट सम्बन्धी अफवाह फैलाएको अभियोगमा कास्कीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका ७ घर भई हाल कास्की पोखरा महानगरपालिका ५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका ४ घर भई कास्की पोखरा महानगरपालिका ९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल रहेका छन् ।
रिमाललाई बुधबार तथा लम्साललाई बिहीबार उनीहरुकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोभिड–१९ पिसिआर परीक्षण गरेका रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर बङ्ग्याई सामाजिक सञ्जालमा पोष्ट गरी अफवाह फैलाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरु विरुद्ध अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
Categorized in अपराध