arin enterprises

आफ्नै ज्वाइँको हत्या गरेको अभियोगमा ससुरा पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र २८, आइतबार

बाँकेमा आफ्नै ज्वाईँलाई कुटपिट गरी हत्या गरेको अभियोगमा नरेश चमार नामक व्यक्ति पक्राउ परेका छन् ।

ज्वाईँको हत्या गरेको अभियोगमा नेपालगंज उपमहानगरपालिका २० नटनपुरुवा बस्ने नरेश चमार पक्राउ परेका हुन् ।

हत्या अभियोगमा चमार सहित पाँच जना पक्राउ परेका छन् ।

चमारमाथि सोही नगरपालिका १७ परस्पुर बस्ने आफ्नै ज्वाईँ २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोग लागेको छ ।

अनुसन्धानको क्रममा श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि उनी गम्भीर घाइते भएको देखिएको प्रहरीले बताएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका रैदासको नर्सिंङ होम नेपालगंजमा उपचारको क्रममा उनको मृत्यु भएको हो । 

घटनाको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले चमारसहित घटनामा संलग्न रहेको भन्दै पाँच जनालाई पक्राउ गरेको हो ।  

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

Categorized in अपराध