arin enterprises

लुटपाट गरी भाग्दै गरेको अवस्थामा ४ जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र २८, आइतबार

लुटपाट गरी भाग्दै गरेको अवस्थामा स्वयम्भुबाट ४ जना पक्राउ परेका छन् ।

बसमा नगद लुटेर भाग्दै गरेका काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने २४ वर्षीय सन्तोष बिष्ट लगायत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुले बाँके कोहलपुर नगरपालिका ११ घर भएका ४२ वर्षीय पुरुषबाट रु. ७१ हजार ५ सय रुपैयाँ लुटेर भागेका थिए । 

नागार्जुन नगरपालिका ४ बाफल चोकबाट हाल नम्बर नखुलेको बस चढेर स्वयम्भू जाने क्रममा सोल्टी दोबाटोमा उक्त रकम लुटेर गाडीबाट तत्काल झरी उनीहरू भागेका थिए । 

पीडितले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई बा.२ ज ४१७ नम्बरको ट्याक्सी चढेर भाग्न खोजेको अवस्थामा उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो ।

Categorized in अपराध