arin enterprises

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र २८, आइतबार

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिराहामा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । 

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा नगरपालिका ३ बस्ने ४५ वर्षीय रामचन्द्र सदा पक्राउ परेका हुन् ।

अनुसन्धानमा रामचन्द्रले ती बालिकालाई जबरजस्ती करणी गर्न खोजेको र त्यसको १० दिन अगाडि पनि बाख्राको गोठमा जबरजस्ती करणी गरेको खुलेको प्रहरीले बताएको छ । 

पिडित पक्षले उजुरी दिएपछि ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको टोलीले सदालाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in अपराध