डलर साटिदिने भन्दै नगद ५ लाख रुपैयाँ ठगी
SamacharDesk – बिकाश | २०७७ आश्विन १, बिहिबार

मध्यपुर थिमि नगरपालिकाबाट डलर साटिदिने भन्दै लाखौं रुपैयाँ ठगेर ३ जना व्यक्ति फरार भएका छन् ।
मनहरा दिब्यश्वरी प्लानिङबाट काठमाडौं तार्केश्वर नगरपालिका ७ फुटुङ बस्ने २८ वर्षीय पुरुषको ५ लाख रुपैयाँ ठगी गरी ती व्यक्तिहरु फरार भएका हुन् ।
उक्त पुरुषलाई सोमबारदेखि चिनजानको साथी भन्दै अपरिचितले फोन गरेर डलर साट्न भनी बोलाएका थिए ।
डलर साटिदिने भन्दै उक्त रकम लिई कपडाको टुक्रामा सेतो धर्के कागज मात्र पोको पारी दिएर ३ जना अपरिचित व्यक्तिहरु फरार भएका हुन् ।
फरार व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।
Categorized in अपराध