एक थान भरुवा बन्दुकसहित पक्राउ
SamacharDesk – बिकाश | २०७७ आश्विन २३, शुक्रबार

डोटीमा एक थान भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् ।
डोटीको बोगटान फुडसिल गाउँपालिका–३ बस्ने ५१ वर्षीय हर्क बहादुर बिश्वकर्मालाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी चवराचौतारा डोटीबाट खटिएको प्रहरीले शुक्रबार बिहान विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
घरमा भरुवा बन्दुक छ भन्ने सूचनाको आधारमा खटिएको टोलीले विश्वकर्माको घरमा तलासी गर्दा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
घटनाको सम्वन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।
Categorized in अपराध