फेसबुकमा बलात्कारी संगठन ग्रुप बनाउने व्यक्ति पक्राउ
SamacharDesk – बिकाश | २०७७ कार्तिक ४, मंगलबार

सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन नामक समुह बनाउने मुख्य व्यक्ति पक्राउ परेका छन् ।
फेसबुकमा उक्त ग्रुप बनाई महिलालाई अपमान गर्ने, सामाजिक सद्भाव, शिष्टाचारबिरुद्ध सामग्री पोष्ट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पाल्ला माथागढी गाउँपालिका–१ का अभिषेक नेपाललाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
अभिषेकले उक्त संगठन नामक पेज तथा समुह बनाई बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील, आपत्तिजनक सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका काम गर्ने गरेका थिए ।
प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पाल्पाको सहयोगमा उक्त कार्यमा संलग्न उनलाई उनकै घरबाट पक्राउ गरेको हो ।
उनलाई विद्युतिय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार कारवाही गरीने जनाइएको छ ।
नेपालाई पक्राउ गरी उनी उपर थप अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।
Categorized in अपराध