arin enterprises

अवैध हतियारसहित एक भारतीय नागरिक पक्राउ

SamacharDesk – बिकाश | २०७७ कार्तिक ५, बुधबार

सिम्रौनगढबाट अवैध हतियारसहित एक भारतीय नागरीक पक्राउ परेका छन् ।

सिम्रौनगढको सानो बंकुल भन्ने स्थानबाट अवैध हतियारसहित बिहार बस्ने २८ वर्षीय बृजकिशोर कुशवाहालाई आज प्रहरीले पक्राउ गरेको हो ।

बिहारको मोतिहारी पुर्वी चम्पारण दुधिअवा बस्ने कुशवाहालाई प्रहरीले १ थान पेस्तोल, ५ राउण्ड गोली र १ थान म्याग्जिनसहित पक्राउ गरेको हो । 

प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कुशवाहालाई उक्त हतियारसहित पक्राउ गरेको हो । 

भारतबाट नेपालतर्फ आउँदै गरेका कुशवाहालाई शंका लागेर प्रहरीले रोक्न खोज्दा उनले आफूले बोकेको पेस्तोलबाट एक्कासि प्रहरी टोलीलाई लक्षित गरी फायर गरेका थिए । त्यसपछि प्रहरीले १ राउण्ड जवाफी फायर गरी उनलाई पक्राउ गरेको हो । 

पाखुरामा गोली लागेका कुशवाहाको स्थानीय मेडिकलमा उपचार भएको र अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Categorized in अपराध