arin enterprises

अवैध लागूऔषध सहित छ जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ कार्तिक ८, शनिबार

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले विभिन्न लागूऔषधसहित सप्तरी जयपुर गाउँपालिका २ का ३५ वर्षीय वीरेन्द्र कुमार साह, सिरहा लहान नगरपालिका–१३ घर भई हाल काठमाडौं बस्ने २४ वर्षीय अमर यादब र सोही स्थानका २४ वर्षीय ईन्द्रजित सहनीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले नाइट्रोजेपाम १ हजार २ सय ट्याब्लेट, डाइजेपाम १ सय ३५ एम्पुल, फेनरागन १ सय ३४ एम्पुल, नुर्फिन १ सय एम्पुल र ब्राण्ड तथा जेनरिक नाम उल्लेख नभएको १ सय ३० एम्पुल बरामद गरेको छ ।

राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ६४९७ नम्बरको बसमा महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट सो लागूऔषध फेला परेको थियो ।

क्यावीनमा बोराभित्र लुकाई  ल्याएको अवस्थामा उक्त लागूऔषध फेला परेको थियो ।

प्रारम्भिक सोधपुछको क्रममा उक्त बसका सहचालक वीरेन्द्र कुमारले अमर र ईन्द्रजितलाई दिन उक्त लागूऔषध ल्याएको खुलेको थियो ।

वीरेन्द्र कुमारको उक्त वयानपछि काठमाडौं महानगरपालिका–१४ स्युचाटारबाट लागूऔषध लिन आएको अवस्थामा अमर र इन्द्रजीतलाइ समेत प्रहरीले पक्राउ गरेको हो ।

Categorized in अपराध