बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ
SamacharDesk – बिकाश | २०७७ कार्तिक ८, शनिबार

दाङको बंगलाचुलीमा कुटपिट गरी बाबुको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेको छ ।
बंगलाचुलीको पाखापानी बस्ने २२ वर्षीय वीर बहादुर बिकलाई आफ्नै बाबुलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरी टोलीले वीर बहादुरलाई पक्राउ गरेको हो ।
४५ वर्षीय बालाराम बिकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा छोरा बीरबहादुरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादका कारण वीर बहादुरले बुबा बालारामलाई कुटपिट गरी आफ्नै घरको माथिल्लो तलाबाट खसालेको बताइएको छ ।
बालारामको घटनास्थलमै मुत्यु भएको प्रहरीले बताएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
Categorized in अपराध